घान्द्रुकमा पर्यटकको बसाइँ लम्ब्याउन चक्रीय पदमार्ग

पाेखरा | असोज ४, २०८०

घान्द्रुकमा पर्यटकको बसाइँ लम्ब्याउन चक्रीय पदमार्ग

पोखरा:  घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन व्यवसायीले चक्रिय पदमार्ग निर्माण गरेका छन् । ४ किलोमिटर लामो पदमार्गको बिहीबार उद्घाटन गरिएको छ ।


घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरेका हुन् । उक्त पदमार्ग मन्त्रालयको ५ लाख  र समितिको १ लाख ५० गरी ६ लाख ५० हजार रुपैयाँको लागतमा पदमार्ग निर्माण गरिएको समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । 


मन्त्रालयका सचिव कुमानसिंह गुरुङले चक्रिय पदमार्गले घान्द्रुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । ‘घान्द्रुक कल्चर र नेचरको धनी गाउँ हो । यसमा चक्रिय पदमार्गले अझै टेवा पुग्ने छ,’ उनले भने, ‘प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा सघाएको छ । सोही अनुसार मन्त्रालयले यहाँ सहयोग गरेको हो ।’ पदमार्गले २ वटा मेश्रम बराह मन्दिर जोड्ने भएकाले प्राकृतिक र धार्मिक रुपमा महत्वपूर्ण रहेको उनले सुनाए । पदमार्ग अझै अपुरो रहेकाले आगामी वर्षको बजेटमा यसको विस्तारका लागि सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।


यो पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ७०० घान्द्रुक मेश्रम बराह, नेगो, चिया बगान, गैह्री गाउँ, तल्लो गाउँहुर्द बसपार्कमा पुगेर सकिने समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । पदमार्ग पूर्णरुपमा सञ्चालनका लागि सरकारसँगै घान्द्रुकका होटल व्यावसायीलाई पनि गुहार्ने योजना रहेको उनले सुनाए । ‘यो करिब ४ किलोमिटरको दुरीमा छ । पहिलो चरणको काम सकिएको छ । यसमा गर्न बाँकी अझै धेरै काम छ,’ उनले भने, ‘यसका लागि सरकार गुहार्ने कुरा त छदैछ अझै घान्द्रुकको होटल व्यावसयीलाई पनि भन्ने अनि सहयोग गरे शिलालेख लेखेर राख्ने योजना छ ।’


पदमार्ग निर्माणपछि एक दिन भएपनि पर्यटकको घान्द्रुक बसाइँ लम्बिने स्थानीय अमृत गुरुङले बताए । यो पदमार्गको करिब २ किलोमिटर क्षेत्रमा वनजंगल भएकाले पर्यटक प्रकृतिसँग रमाउने उनको भनाइ थियो । ‘यो पदमार्ग पर्यटकका लागि अति नै महत्वपूर्ण छ । यसले पर्यटकको बसाइँ अवश्य लम्ब्याउँछ,’ उनले भने, ‘यसको आधा भागमा वनजंगल पर्छ । यहाँ चराचुरुंगीको आवाजसँगै बन्यजन्तुहरु मृग, स्याल, बनकुखुरा अवलोकन गर्न सक्छन् ।’ पलमार्गमा चिया बगानसँगै फागुन चैतमा लालिगुराँससँग रम्दै समय बिताउँन सक्ने उनले बताए । 


 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्